काभा २० वर्षमुनीको पुरुष भलिबल च्याम्पियनशिपको पहिलो खेलमा नेपालले श्रीलङ्कासँग खेल्ने

श्रीलङ्कामा हुने काभा २० वर्षमुनीको पुरुष भलिबल च्याम्पियनशिपको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग खेल्ने भएको छ । च्याम्पिनशिप भोलिदेखि आउँदो २६ गतेसम्म कोलम्बोमा हुनेछ । काभाले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा भोलि श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा पर्सि नेपालले उज्वेकिस्तानसँग, तेस्रो खेलमा असोज २२ मा माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौँ खेलमा असोज २५ मा तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल हुनेछ । 

Source : https://ujyaaloonline.com/story/107449/2024/10/5/epal-will-play-against-sri-lanka-kava-under-20-