केयूको काउन्सिलिङ एण्ड वेलविइङ सपोर्ट सेन्टरको संवाद सम्मेलन सम्पन्न
काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्र्तगत स्कूल काउन्सिलिङ एण्ड वेलविइङ सपोर्ट सेन्टरले संवाद सम्मेलनः विद्यालय परामर्श र मनोवैज्ञानिक वेलविइङमा उदीयमान प्रवृतिहरु विषयक कार्यक्रम सञ्चालन गरेको छ । स्कूल अफ एजुकेशनका उपप्राध्यापक डा. श्रीकृष्ण वाग्लेले यो संवाद कार्यक्रम विद्यालय मनोविमर्शसँग सम्बन्धित विचारविमर्श तथा छलछलको प्रारम्भिक श्रृंखला भएको जानकारी दिँदै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डिन प्राध्यापक डा. बालचन्द्र लुईटेलले काठमाण्डौ विश्वविद्यालयमा मनोविमर्श तथा मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सम्बन्धी जानकारी दिनुका साथै आगामी दिनहरुमा सेन्टर थप कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताए । डा. लुईटेलले सरकारले विद्यालयमा नर्स राखेर विद्यार्थीलाइ स्वास्थ्यसेवा प्रदान गरे पनि यसले विद्यार्थीहरुको मानसिक सुस्वास्थ्य तथा मनोमिर्शको आवश्कतालाई सम्बोधन गर्ने नसकेको विचार व्यक्त गरे ।
कार्यक्रमलाई तीन फरक विषयहरु (क) सामुदायमा अभ्यास, नेतृत्व तथा वकालत, (ख) विश्वविद्यालय र समुदाय बीच समन्वय र साझेदारी तथा (ग) नीतिका लागि नेतृत्व तथा वकालतमा प्रस्तुतीकरण तथा छलफल सञ्चालन गरिएको थियो । पहिलो थिममा प्रज्ञा श्रेष्ठ तथा पार्वती पाण्डेद्वयले प्रस्तुतीकरण गरेका थिए ।
उहाँहरुको प्रस्तुतीकरणमा शिक्षकको तहबाट काम गरिनु पर्ने र किशोरकिशोरीहरुसंग काम गर्दा परिवारको महत्वपूण भूमिका हुने, मनोविमर्श सेवाको प्रबद्र्धनका लागि हरेक तहको सरकार तथा सम्बन्धित विभागसंग समन्वय हुनु पर्ने र मानसिक स्वास्थ्यका लागि रिफरल गरिने स्थानको नक्साँकन गर्न आवश्यक रहेको बताए ।
मनोविमर्श सेवामा सुपरिवेक्षणको महत्वपूर्ण भुमिका रहने जसले सेवाको गुणस्तरलाई सुनिश्चिता कायम गर्ने जानकारी दिए । त्यसैगरि दोश्रो विषयमा डा. श्रीकृष्ण वाग्ले र माधव प्रसाद खतिवडाद्धयले काठमाण्डौ विश्वविद्यालयले आगामी दिनहरुमा समुदायसंग कसरी समन्वय तथा साझेदारीमा मानसिक स्वास्थ्यको कार्यक्रमलाई लैजान सकिन्छ भनि सहभागीहरु बीच छलफल चलाइ सुझावहरु लिएका थिए ।
तेश्रो विषयमा त्रिभुवन विश्वविद्यालय, मनोविज्ञान केन्द्रिय विभागका डा. सन्देश ढकालले नेपालमा मानसिक स्वास्थ्यको नीति माथि प्रकाश पारेका थिए । आगामी दिनहरुमा काठमाण्डौ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा मनोविमर्श, मनोविज्ञान तथा यससँग सम्बन्धित नीति निमार्णको सवालमा सँयुक्तरुपले पैरवी गर्न आवश्यक रहेको विचार व्यक्त गरे । तीनै वटा विषयको प्रस्तुतीकरण र छलफलकमाथि मनोविमर्श अभ्यासकर्ता हिक्मत दाहाल र सुनिला ढुंगेलले संक्षिप्त टिप्पणी गरेका थिए ।
कार्यक्रमको समापनमा स्कूल अफ एजुकेशनका एसोसियट डिन प्राध्यापक डा प्रकाशचन्द्र भट्टराईले कार्यक्रमले महत्वपूर्ण विषयमा छलफल भएको र मनोविमर्श साक्षरता तथा भावनात्मक जस्ता विषयलाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरे । मनोविमर्शकर्ता, मनोविज्ञ तथा अभ्यासकर्ताहरुको सकृय सहभागिता रहेको यस संवाद कार्यक्रमको सहजीकरण विद्यालय मनोविमर्शकर्ता रोशनी सिलवालले गरेका थिए ।
The post केयूको काउन्सिलिङ एण्ड वेलविइङ सपोर्ट सेन्टरको संवाद सम्मेलन सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103990/