चट्याङ लागेर एक युवतीको मृत्यु

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागलुङको निसीखोला गाउँपालिका–३ किटनीमा २४ वर्षीया रजना बुढाको गएराति चट्याङ लागेर मृत्यु भएको छ। आफ्नै घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

स्थानीयले राति १ बजे इलाका प्रहरी कार्यालय झिवाखोलामा खबर गरेपछि प्रहरी वरिष्ठ हवल्दार केशव बुढाथोकीको नेतृत्वमा दुई जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा सात जनाको टोली पठाइएको यादवले बताए। बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ। चट्याङका कारण बुढाको घर र विद्युतीय सामग्रीमा क्षति पुगेको छ भने बुढाकी सासू र दुई वर्षीया छोरी भने सकुशल रहेको जनाइएको छ।

 

 

The post चट्याङ लागेर एक युवतीको मृत्यु appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491053/