लेबनानमा सञ्चार उपकरण विस्फोटको घटनाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

संयुक्त राष्ट्रसङ्घले लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने पेजर र वाकी–टकी विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ । सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले नागरिकमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध भएको बताउनुभएको बीबीसीले जनाएको छ । लेबनानमा सञ्चार उपकरण विस्फोट भएको विषयमा छलफल गर्न अल्जेरियाको अनुरोधमा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको हो । मङ्गलवार र बुधवार हिजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरण विस्फोट हुँदा कम्तीमा ३७ जनाको ज्यान ग...

Source : https://ujyaaloonline.com/story/106865/2024/9/21/united-nations-concern-over-explosions-in-lebanon-