तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार खासै घटबढ भएन

काठमाण्डाै – तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजारमा खासै घटबढ भएको छैन । शेयर बजार आज शून्य दशमलव २१ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ४० विन्दुमा झरेको छ । तिहार बिदा शुरू हुनुअघि नेप्से दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा रहेको थियो । आज फाइनान्स, होटल, जलविद्युत्, बीमा, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै समाज लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।...

Source : https://ujyaaloonline.com/story/108504/2024/11/5/nepse-steady-on-1t-trading-day-after-tihar