तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ यान अन्तरिक्षमा पुग्याे

तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्षयान अन्तरिक्षमा पुगेको छ । ६ घण्टाभन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेशनमा पुगेको बीबीसीले जनाएको छ । तीन जना अन्तरिक्षयात्रीमध्ये एक जना चीनकी पहिलो महिला अन्तरिक्ष इन्जिनियर र एक जना चीनको अहिलेसम्मकै कान्छा अन्तरिक्षयात्री हुन् । उनीहरू अबको ६ महिना अन्तरिक्ष स्टेशनमा बस्नेछन् । चीनको आफ्नै अन्तरिक्ष स्टेशन छ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पुर्‍याउने गरी काम गरिरहेको छ । चीनले अन्तरिक्षमा प्रभुत्व जमाउन प्रयास गरिरहेको छ । दुई वर्षअघि मात्रै चिनिया...

Source : https://ujyaaloonline.com/story/108332/2024/10/30/shenzhou-19-astronauts-enter-china-space-station