दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक हप्ता अगाडी मात्र खुल्ने

समाचार सुन्नुहोस : 

काठमाडौँ – दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाको एक हप्ता अघि खुला गरिने निर्णय भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार हाल सडक मर्मत र सुरक्षाका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृहमन्त्रालयबीच छलफल जारी रहेको र तत्काल टिकट खुलाउनका लागि सहज नभएको बताए।

स्वाँरले भने ‘घटस्थापनाभन्दा एक साता अघि टिकट खुलाउने तयारी छ । अहिले बाटो मर्मत सडक सुरक्षाका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र गृहमन्त्रालयमा छलफल गरिरहेका छौँ । तत्काल टिकट खुलाउनका लागि सहज छैन । सडक थुप्रै स्थानमा मर्मत गर्नुपर्ने छ सडकहरू मर्मतको काम सकिएपछि अग्रिम टिकट बुकिङ खुला गछौँ ।’

 

The post दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक हप्ता अगाडी मात्र खुल्ने appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491083/