दुई महिनामा ७ अर्ब ५५ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी बाँकी भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट बिजुली भारततर्फ निर्यात गरेको छ । दुई महिनाको बिजुली निर्यातको औसत दर प्रतियुनिट सात रुपैयाँ ३३ पैसा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुग्दा अहिले बिजुली निर्यात प्रभावित भइरहेको ब...

Source : https://ujyaaloonline.com/story/107628/2024/10/9/electricity-export-worth-more-than-7bn