कमला ह्यारिसका समर्थकहरू निराश भएर घर फर्किए
काठमाडौं – अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ । ट्रम्प अमेरिकाको पूर्वराष्ट्रपति पनि हुन् ।
उनले २० जनवरी २०१७ देखि २० जनवरी २०२१ सम्म ४५ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ४५ औँ राष्ट्रपतिका लागि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा पुग्न सकेका छैनन् ।निराश ह्यारिसका समर्थक
डोनल्ड ट्रम्पले फ्लोरिडामा आफू विजयी भएको घोषणा गर्नुअघि नै वाशिङ्टन डीसीमा भेला भएका डेमोक्र्याटहरू हताश देखिएका थिए ।
हाउअर्ड यूनिभर्सिटी परिसरमा समर्थकहरूको भेलालाई उनले सम्बोधन गर्ने अपेक्षा गरिएको थियो । तर उनले भाषण नगर्ने थाहा पाएपछि उनीहरू घर फर्किए। त्यहाँ खाली कुर्सी र झण्डाहरू मात्र देखिन्छ ।
The post कमला ह्यारिसका समर्थकहरू निराश भएर घर फर्किए appeared first on Samudrapari.