द्वन्द्वपीडित भन्छन् : देश शान्त भयो, हामी अझै अशान्त छौँ
काठमाण्डौ – आज मङ्सिर ५, अर्थात् दश वर्षे द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको दिन । जतिबेला देशले २०६३ साल मङ्सिर ५ गतेको दिन सम्झेर शान्तिको उत्सव मनाउँछ, त्यतिबेला द्वन्द्वको घाउले पीडितको मन अशान्तिले बिथोलिन्छ । तत्कालिन द्वन्द्वको समयमा विद्रोही पक्ष (माओवादी) ले अपहरण गरी कुटपीट गर्दा बाँके राप्ती सोनारीका–४ रामरतन चौधरीका दुवै खुट्टा भाच्चिए । २०५७ फागुन ३ गतेको घटनामा विद्रोही पक्षले कुटपिट गरी बुवाको हत्या गरेको उहाँ सम्झनुहुन्छ । ‘वर्षौको घाउ अझै आलै छ’, उहाँले भन्नुभयो,‘न्याय पाउने आ...
Source : https://ujyaaloonline.com/story/109035/2024/11/20/country-has-calmed-down-we-are-still-restless-