धनुषामा प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार

काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आज बिहान ४ बजेतिर पुरुष थुनुवा कक्षको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएकोमा एकजनालाई भने भाग्दै गर्दा पक्राउ परेका धनुषा प्रहरीले जनाएको छ । बाँकी ८ जनाको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार तथा अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर छन् ।  

Source : https://ujyaaloonline.com/story/106926/2024/9/23/8-prisoners-escaped-from-police-custody-in-dhanusa