नारायणी नदीमा भेटिएको शवकाे पहिचान

नवलपरासी। 

पूर्वी नवलपरासीकाे गैडाकाेट छ बाेटेटाेल स्थित नारायणी नदी किनारमा बुधबार बिहान भेटिएकाे शवकाे पहिचान भएकाे छ ।

उक्त शव यही कात्तिक १८ गते दिउँसो ३ बजे आफू खुसी घरबाट निस्केका भरतपुर नगरपालिका ७ उज्ज्वल टोलका ५० वर्षीय दधिराम अधिकारीकाे रहेकाे उनकै श्रीमती शान्ति अधिकारीले सनाखत गरेको प्रहरीले जनाएको छ ।

नदी किनारमा मानिसको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

प्रारम्भिक अनुसन्धान पछि शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल तर्फ पठाई घटनाबारे थप अनुसन्धान कार्य भई रहेकाे जिप्रका नवलपरासी पूर्वले जनाएको छ।  

Source : https://newsofnepal.com/2024/11/06/676867/