पहिलो चौमासिकमा झन्डै १० प्रतिशत मात्रै विकास खर्च

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च झन्डै १० प्रतिशत मात्रै भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब दुई करोड खर्च भएको छ । चालूगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख बराबर खर्च भएको छ । पुँजीगत शीर्षकका तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन भएकामा नौ दशमलव आठ प्रतिशत अर्था...

Source : https://ujyaaloonline.com/story/108918/2024/11/17/10-percent-development-expenditure-first-quarter