प्रधानमन्त्री ओलीको स्वस्थ प्रतिकूल, भेटघाट स्थगित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ज्वरो आएपछि भेटघाट रोकिएको उनको सचिवालयले जनाएको छ ।

उनको सचिवालय सदस्य प्रकाश सिलवालले ज्वरो आएपछि प्रधानमन्त्री ओलीले आराम गरिरहेको बताए । ‘उहाँलाई ज्वरो आएको छ । भेटघाट कार्यक्रम स्थगित गरिएको छ । चेकजाँचको काम भइरहेको छ,’ सिलवालले भने ।

The post प्रधानमन्त्री ओलीको स्वस्थ प्रतिकूल, भेटघाट स्थगित appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/494820/