प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्। प्रधानमन्त्री स्रोतका अनुसार ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट मार्फत जानकारी गराएअनुसार भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ। उनले यो भेटलाई फलदायी भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। यस भेटपछि प्रधानमन्त्री मोदीले पनि नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ भएको धारणा व्यक्त गरेका छन्।

भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए ।

The post प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491207/