बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक साविक पोखरी नारायणस्थान गाविस वडा नं ६ हाल परिवर्तित तेमाल गाउँपालिका वडा नं ५ घर भई जिल्ला काठमाडौँ महानगरपालिका वडा नं ६ बस्ने २८ वर्षीय सशङ्क लामा रहेका छन् ।

उनी काठमाडौँ जिल्ला अदालत बबरमहल काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई असोज ६ गते काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

Source : https://arthasarokar.com/2024/09/crime-115.html