बैतडी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ।

बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार दिउँसो २ बजेर ९ मिनेटमा बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यसअघि गत शुक्रबार बेलुका धादिङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

Source : https://newsofnepal.com/2024/09/22/669254/