मध्यभोटेकोशीबाट एक महिनाभित्र विद्युत् उत्पादनको तयारी

काठमाण्डौ – सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा याे आयोजना निर्माण भइरहेको छ । यसअघि केही विवाद रहेकोमा सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको छ । दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैँ अगाडि सकिने प्राधिकरणले जनाएको छ । त्यस्तै बाँधक्षेत्रको निर्माण सकेर पानी हालेर परीक्षणसमेत भइसकेको छ । ...

Source : https://ujyaaloonline.com/story/106893/2024/9/22/preparation-power-generation-madhyabhotekoshi