यो वर्ष मनसुन केही दिन लम्बिन सक्ने सम्भावना, दशैँमा पानी पर्ने अनुमान

काठमाण्डौ – नेपालमा यो वर्ष मनसुन केही दिन लम्बिन सक्ने मौसमविद्ले अनुमान गरेका छन् । सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने भए पनि यसपालिको मनसुन केही दिन लम्बिने सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अनुमान गरेका हुन् । मौसमविद् प्रतिभा मानन्धरले भोलि दिउँसो पनि आज जस्तै घाम लाग्ने र भोलि बेलुकादेखि भने देशका भेरै ठाउँमा मौसम बद्ली भई केही दिन पानी पर्ने सम्भावना रहेको तर लगातार झरी भने नपर्ने बताउनुभयो । सामान्यतया जुन १३ मा भित्रिएर अक्टोबर २ मा बाहिरिनेम...

Source : https://ujyaaloonline.com/story/106908/2024/9/22/monsoon-is-likely-to-extend-for-a-few-days-