मर्मतका कारण ८३ दिन थन्किएको नेपाल एअरलाइन्सकाे ‘मकालु’ जहाज अब नियमित उडानमा
काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को ए–३३० वाइडबडी (मकालु) जहाज आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सी–चेकको मर्मतपछि नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सी–चेकको मर्मतपछि जहाज आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियाे । यो जहाजले आज बेलुकादेखि उडान शुरू गर्नेछ । योसहित निगमका चार वटै ज...
Source : https://ujyaaloonline.com/story/108970/2024/11/18/nepal-airlines-makalu-plane-now-flies-regularly