रुसमा पहिलोपटक युक्रेनको लामो दूरीको क्षेप्यास्त्र आक्रमण

युक्रेनले रुसको ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य शिविरमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसी सेनाले जनाएको छ । यो आक्रमण अमेरिकाले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो भएको रुसको दाबी छ । रुसी सैन्य मन्त्रालयका अनुसार ब्रयान्स्क क्षेत्रमा युक्रेनले ६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । युक्रेनले महिनौँदेखि अमेरिकासँग रुसमा आक्रमण गर्न  लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो । रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले पाँचवटा क्षेप्यास्त्र खसालेको र छैटौ...

Source : https://ujyaaloonline.com/story/109026/2024/11/20/ukraine-first-long-range-missile-attack-on-russia-