ललितपुरलाई हराउँदै कर्णालीले जित्यो एभरेष्ट महिला भलिबल लिगको उपाधि
काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विसले जितेको छ । हिजो बेलुका त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि जित्यो । सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले सुरुवाती दुई सेटमा अग्रता बनाए पनि लगातार दुई सेट गुमाएपछि खेल अन्तिम तथा पाँचौँ सेटमा लम्बिएको थियो । अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले ट्रफी उचालेको हो । त्यसअघि शुरुको दुई सेट कर्णाली २५–१७, २५–२० ले जितेको थियो । सलिना श्रेष्ठ कप्ता...
Source : https://ujyaaloonline.com/story/107486/2024/10/6/karnali-won-the-everest-women-volleyball-league-