समाचार सुन्नुहोस :
काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। किंग सिटीमा हुने यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।
पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानसँग १ विकेटले हार बेहोरेको थियो। यो सिरिजको अन्तिम खेलमा नेपाल असोज ८ गते ओमानसँग भिड्नेछ। विश्वकप २०२७ को छनोटका रूपमा रहेको लिग–२ मा ८ टोलीहरू प्रतिस्पर्धा गरिरहेका छन्, जसमा नेपालले ६ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ।
The post विश्वकप लिग-२ : क्यानडासँग नेपालको दोस्रो भिडन्त आज appeared first on Samudrapari.
Source : https://samudrapari.com/2024/09/491141/
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.