अघिल्लो खेलको कमजोरी सुधार्ने प्रयाससहित आज नेपाल क्यानसँग भिड्दै

काठमाडौं– आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडामा जारी त्रिकोणात्मक एक दिवसीय खेल (ओडिआई) सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ ।

नेपाली समय अनुसार आइतबार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा उक्त खेल सुरु हुनेछ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । सिरिजको दोस्रो खेलमा नेपालसँग एक विकेटले हार व्यहोरेको थियो ।

यसअघि क्यानडाको सामना गर्दा कमजोर ब्याटिङका कारण हार व्यहोरेको नेपालले यस खेलमा कमजोरीलाई‌ सुधार गर्ने प्रयास गर्नेछ ।

लिग टुको अंक तालिकामा नेपाल ६ खेलमा २ अंकका साथ तालिकामा सातौँ स्थानमा छ । क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ ।

त्रिकोणात्मक ओडिआई सिरिज असोज १० सम्म हुनेछ। त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको चौथो खेल असोज ८ गते ओमानविरुद्ध रहेको छ ।

ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा नै टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

 

Source : https://onlinetvnepal.com/2024/09/183785/