विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध क्षमता विकास गर्न झन्डै २० अर्ब रुपैयाँ ऋण दिने
काठमाण्डौ – विश्व बैंकले नेपाललाई विपद् प्रतिरोध तथा यससम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर अर्थात् झन्डै २० अर्ब रुपैयाँ ऋण दिने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारलाई प्राकृतिक वा जलवायुजन्य विपद् तथा आपत्कालको अवस्थामा उपयोग गर्न सहुलियत ऋण स्वीकृत गरेको हो । नेपाल विपद् प्रतिरोधात्मक विकास नीति ऋण नामक यस कार्यक्रमले विपद् प्रतिरोधात्मक क्षमता बढाउन नीतिगत सुधारलाई सहयोग गर्ने र प्रभावकारी आपत्कालीन प्रतिकार्यका लागि संस्थागत संयन्त्रलाई सुदृढ बनाउने उद्देश्य राखेको छ । यो सहयोगले पूर्वसूच...
Source : https://ujyaaloonline.com/story/107633/2024/10/9/world-bank-give-nearly-20-billion-nepal