सुन तोलामै एक हजार रूपैयाँले घट्यो
समाचार सुन्नुहोस :
काठमाडौँ – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्यमा मंगलबारको तुलनामा प्रति तोला १ हजार रूपैयाँले कमी आएको छ। यसका साथै, आज सुन प्रति तोला १ लाख ५९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार चाँदीको मूल्यमा प्रति तोला ४० रूपैयाँले कमी आई १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
The post सुन तोलामै एक हजार रूपैयाँले घट्यो appeared first on Samudrapari.