नेपालमा डेङ्गी सङ्क्रमण घट्दै

काठमाण्डाै – नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढेसँगै सङ्क्रमण घट्दै गएको बताउनुभयो । उहाँका अनुसार सन् २०२४ को ४२औं हप्तादेखि नेपालमा डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औं हप्ता चलिरहेको छ । ४२औं हप्तामा दुई हजार पाँच सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । ४३औं हप्तामा दुई हजार दुई सय चार, ४४औं हप्तामा एक हजार ७१ र ४५औं हप्ता चलिरहँदा ५५ जनामा...

Source : https://ujyaaloonline.com/story/108548/2024/11/6/dengue-infection-is-decreasing-in-nepal