सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सुर्योदय ओमी लघुवित्त बित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको हो । लघुवित्तको मङ्सिर ४ गते बसेको २२८औं संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट उक्त लाभांश प्रस्ताव गरेको जनाएको छ ।
प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर रहेको छ भने कर प्रयोजन सहितलाई १ प्रतिशत नगद लाभांश रहेको छ। यसअवधिमा लघुवित्तको चुक्तापुंजी १ अर्ब ४ करोड रहेको छ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कामनाको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि कम्पनीले आर्थिक २०७९–८० मा १४.०७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
The post सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104121/