स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक महिना

काभ्रेपलान्चोक – अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका वडा नम्बर १२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आउनुभएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ति गरेको एक महिना बढी भयो । राज्यले बासस्थान बनाईदिने भन्ने कुराले मनमा आशा पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यतिकै बितेको छ । तर अहिलेसम्म उचित व्यवस्थापनसमेत नगरेको उहाँको गुनासो छ । पाँच रोपनी जग्गामा ल...

Source : https://ujyaaloonline.com/story/108394/2024/11/1/victim-spends-a-month-hoping-for-permanent-housing