५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंको शंकरापुरमा भएको सडक दुर्घटनासँग सम्बन्धित मृतकका परिवार र कार चालक प्रकाश भुजेलबीच सहमति भएको छ। प्रहरीका अनुसार सहमति भएपछि अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको छ।
दुर्घटनामा परेका परिवारलाई क्षतिपूर्तिस्वरूप भुजेलले ५२ लाख रुपैयाँ दिने सहमति भएको बताइएको छ। कात्तिक २८ गते भुजेलले चलाएको कार (बा १९ प २६०५) ले मोटरसाइकल (बागमती प्रदेश-०२-०१८ प ६८७५) लाई ठक्कर दिएको थियो। यस घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ का ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए।
दुर्घटनामा घाइते दुवैको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। ठक्कर दिएको कार मोटरसाइकललाई छोडेर नजिकैको पसलको सटरमा ठोक्किएको थियो।
कार चालक भुजेल प्रहरी हिरासतमा छन् र उनीविरुद्ध सवारी तथा यातायात ऐन २०४९ अन्तर्गत सवारी ज्यान मुद्दा दर्ता गरिएको छ। यो कानूनअनुसार उनलाई एक वर्षको कैद सजाय हुनसक्ने व्यवस्था छ। तर धरौटीमा रिहा हुने सुविधा पनि छ।
The post ५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति appeared first on Samudrapari.