‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठाउने

काठमाण्डौ – आउँदो सोमवारदेखि अजरबैजानको बाकुमा शुरू हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठाउने भएको छ । कोप २९ नै जलवायु वित्तलाई केन्द्रमा राखेर सञ्चालन हुने भएकोले नेपालले पनि त्यही अनुसार तयारी गरेको हो । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित देशहरुमध्ये पर्छ ।...

Source : https://ujyaaloonline.com/story/108523/2024/11/6/nepal-to-raise-climate-finance-issue-cop29-