तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार, सबैभन्दा धेरै काठमाण्डौमा खपत

काठमाण्डौ – यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । सबैभन्दा धेरै खपत काठमाण्डौ उपत्यकामा भएको फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष दिलीप बादेले बताउनुभयो । उहाँका अनुसार गएको वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको कम्तीमा एक सय रुपैयाँ तिर्नुपरेको थियो । काठमाण्डौ महानगरपालिकाले फूल बिक्रीस्थल तोकेका कारण यस वर्ष सहज भएको उहाँले बताउनुभयो । बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्...

Source : https://ujyaaloonline.com/story/108538/2024/11/6/flower-business-worth-rs-500-million-during-tihar-