‘ह्रस्व दीर्घ’को सुखद कमाई, ४ करोड कट्यो व्यापार
शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले व्यापारिक रफ्तारलाई कायमै राखेको छ । यो फिल्मले शुक्रबारदेखि नै बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले ३ सय बढी शोज कब्जा गरेको अवस्थामा पनि यो फिल्मले आफ्नो बलियो उपस्थिती कायम गरिरहेको छ ।
यो फिल्मले रिलिजको चौथो दिनसम्म ३ करोड ६५ लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ । पहिलो दिन ८० लाख, दोस्रो दिन १ करोड २० लाख, तेस्रो दिन ६५ लाख, चौथो दिन ९० लाखको ग्रस कलेक्शन गर्दै फिल्मले यो कमाई गरेको हो । फिल्मले मंगलबारसम्म ४ करोड ग्रस कलेक्शन गरिसकेको छ । फिल्म यसै साता ५ करोड क्लबमा प्रवेश गर्ने देखिन्छ ।
फिल्मले आज बुधबार देशभरका हलमा बम्पर व्यापार गरिरहेको छ । फिल्मका मुख्य कलाकारहरु आज नेपालगञ्ज पुगेका छन् । भारतीय कलाकार प्रदीप राउतको साथमा नायिका तथा निर्मात्री नीता ढुंगाना, नायक हरिहर अधिकारी, निर्देशक चन्द्र पन्तको टिम नेपालगञ्ज पुगेको हो ।
नेपालगञ्जमा आज बिहानैदेखि सबै शोजहरु हाउफुल छन् । यही अवस्था देशका अन्य शहरहरुमा पनि छ ।