चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्स कम्पनीहरूलाई पर्यटनमन्त्रीकोे निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्र्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्। हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको छलफलमा मन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन्। ‘हामीले नागरिककै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौँ। तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता […]

Source : https://www.dcnepal.com/2024/11/613135/