अमेरिकी राष्ट्रपति चुनावमा कसैले पनि २७० इलेक्टोरल मत ल्याउन नसके के हुन्छ ?

इलेक्टोरल कलेजबाट डोनाल्ड ट्रम्प वा कमला ह्यारिस दुबैले नजिते संसदको तल्लो सदन प्रतिनिधिसभाबाट राष्ट्रपछि छान्ने प्रावधान रहेको छ । इलेक्टोरल कलेज बराबर भएको खण्डमा प्रतिनिधिसभाबाट राष्ट्रपतिको निर्णय गर्नुपर्छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत ल्याउन आवश्यक हुन्छ । यदि कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेको खण्डमा प्रतिनिधिसभाले राष्ट्रपति छान्न सक्ने अधिकार रहेको छ । तर चुनावपछिको नयाँ प्रतिनिधिसभाबाट राष्ट्रपति छान्ने प्रावधान रहेको छ ।

अमेरिकी इतिहासमा यस्तो तीनपटकसम्म भएको छ । सन् १८०० को राष्ट्रपति चुनावमा, सन् १८२४ को राष्ट्रपति चुनावमा र १८३६ को उपराष्ट्रपति चुनावमा यस्तो आकस्मिक अवस्था श्रृजना भएको थियो । यस्तो अवस्था आउँदा राष्ट्रपति चुन्ने अधिकार प्रतिनिधिसभालाई र उपराष्ट्रपति चुन्ने अधिकार सिनेटलाई प्राप्त हुन्छ ।

कहिलेकाँही इलेक्टरहरुले धोका दिएको खण्डमा समेत २७० मत प्राप्त नहुने अवस्था आउनसक्छ । २०१६ को चुनावमा केही इलेक्टरहरुले भोट हाल्न अस्वीकार समेत गरेका थिए ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

Source : https://www.khasokhas.com/211272