अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं ।

सुनसरी, धरान उपमहानगरपालिका(१५ मिलन चोक बस्ने २० वर्षीय आकाश साहलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ८ सय क्याप्सुल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बेलबारी नगरपालिका-२ तिनघरे टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४० ट्याब्लेट, डिकोलिक १ सय २० ट्याब्लेट र ओबिन १ सय २० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-११ बस्ने २० वर्षीय पुकार बिक र बेलबारी नगरपालिका-२ बस्ने २३ वर्षीय सुरज राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५५ ग्राम सहित भारत दार्जिलिङ बस्ने १९ वर्षीय सरोज माझी र झापा शिवसताक्षी नगरपालिका-१ धरमपुर बस्ने २३ वर्षीय बिशाल खड्कालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बाहुनडाँगी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-५ बस्ने २५ वर्षीय गणेश थापाको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई झापा मेचिनगर नगरपालिका-६ बाट प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले सरोज माझीले प्रयोग गरेको डब्लुबि ७४ बिके २४३८ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

कास्की, पोखरा महानगरपालिका-१८ साराङकोटस्थित होटलबाट अवैध लागूऔषध गाँजाको धुलो करिब २ किलो ७ सय ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त होटलका संचालक पोखरा महानगरपालिका-१८ मिरूवा घर भएका ३५ वर्षीय मनिश श्रेष्ठ र म्याग्दी घर भएका २३ वर्षीय अजय पुन रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।


कैलाली, गोदावरी नगरपालिका-४ बास्कोटा बस्ने योगेश भट्ट समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Source : https://newsofnepal.com/2024/09/21/669107/