असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष : दिन त्यति शुभ देखिँदैन । धन नाश, विनाकाममा खर्च, मन चञ्चल, दौडधूप होला ।

वृष : दिन शुभ छ । उपहार प्राप्ति, मीठो भोजन, कार्य सफलताको सम्भावना छ ।

मिथुन : सजग रहनुहोला । दिन अशुभ भएकाले धन नाश, चोटपटक, समस्या आउन सक्छ ।

कर्कट : दिन बलवान् छ । विविध वस्तु–सेवा प्राप्ति, आर्थिक लाभ, पारिवारिक सुख होला ।

सिंह : सुख–सन्तोष, कार्य सफल, स्वास्थ्य लाभ, आनन्दले मन प्रफुल्लित हुने देखिन्छ ।

कन्या : दिन शुभ देखिँदैन । राज्यबाट डर, प्रतिष्ठामा आघात, व्यापारमा समस्या आउन सक्छ ।

तुला : अशुभ समयले गर्दा रोगव्याधि, कष्ट, काममा बाधा, धन हानि हुने सम्भावना छ ।

वृश्चिक : दिन उत्तम छ । धन लाभ, यश वृद्धि, वाहन प्राप्तिको सम्भावना देखिन्छ ।

धनु : समय अनुकूल छ । आर्थिक लाभ, प्रतियोगिता–पढाइमा सफलता, विजयको सम्भावना छ ।

मकर : सजग रहनुस् । शोक–सन्ताप, कार्य असफल, वायुजन्य रोग हुने सम्भावना छ ।

कुम्भ : खानपानले पेट–रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, तनाव नहोला भन्न सकिन्न ।

मीन : दिन शुभ छ । पैसा लाभ, पराक्रम, उन्नति, मान–सम्मान, सुख–सन्तोष होला ।

Source : https://newsofnepal.com/2024/09/23/669383/