न्यूयोर्कमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागतमा गर्ने भनिएको कार्यक्रम स्थगित

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा गर्ने भनिएको स्वागत कार्यक्रम स्थगित भएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा हिजो स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने भनिएको थियो । तर सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्तताको कारण कार्यक्रम स्थगित गर्नुपरेको नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले जनाएको छ ।   

Source : https://ujyaaloonline.com/story/106925/2024/9/23/welcome-pm-and-foreign-minister-has-been-postponed