अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। यस भेटमा अमेरिकाले तस्करी र गैरकानूनी तरिकाले अमेरिका पुगेका भारतका २९७ बहुमूल्य पुरातात्विक वस्तुहरू भारतलाई फिर्ता गर्ने निर्णय गरेको छ।

तस्बिरसहित उनले लेखेका छन्,  ‘सांस्कृतिक सम्बन्ध र सांस्कृतिक सम्पदाको अवैध तस्करीविरुद्धको लडाइलाई बलियो बनाइँदैछ । ‘भारतमा २९७ अमूल्य पुरातात्विक वस्तुहरू फिर्ता सुनिश्चित गरेकोमा म राष्ट्रपति बाइडेनप्रति धेरै आभारी छु ।’

यी प्राचीन वस्तुहरू ४००० वर्ष पुराना छन् र २००० ईसा पूर्वदेखि १९०० ईस्वीसम्मको समयमा भारतका विभिन्न क्षेत्रहरूमा रहेका थिए।

The post अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491149/