इजरायली आक्रमणमा हिजबुल्लाहाका शीर्ष सेन्य कमाण्डरसहित १२ जना वरिष्ठ अधिकारी मारिएको पुष्टि

लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर मारिएका पुष्टि भएको छ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले आक्रमणमा सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको पुष्टि गरेको बीबीसीले जनाएको छ । इजरायलको आक्रमणमा १६ जना मारिएकामा तीमध्य १२ जना हिजबुल्लाहाका बरिष्ठ सदस्य रहेका छन् । अकिलसहितका वरिष्ठ सदस्यहरुको ज्यान गएसँगै इजरायल–हिजबुल्लाह युद्ध थप चर्केने सम्भावना बढेको बीबीसीले जनाएको छ । राष्ट्रसंघीय राजनीतिक मामिला प्रमुख रोजमेरी डिकार्लोले सुरक्षा परिषदको एक सत्रमा बोल्दै प...

Source : https://ujyaaloonline.com/story/106881/2024/9/22/confirmation12-senio-officers-killed-israeliattack