एक वर्षमा पर्नेभन्दा धेरै पानी दुई दिनमै परेपछि सहारा मरुभूमि डुबानमा
अफ्रिकाको उत्तरी क्षेत्रमा रहेको देश मोरक्कोको सहारा मरुभूमि क्षेत्र डुबानमा परेको छ । औसतमा एक वर्षमा पर्नेभन्दा धेरै पानी दुई दिनमै परेपछि दक्षिणपूर्वी मोरक्कोको सहारा मरुभूमि क्षेत्र ५० वर्षमा पहिलो पटक डुबानमा परेको हो । दुई दिनसम्म अतिठूलो वर्षा हुँदा मरुभूमिमा दुर्लभ मानिने डुबान भएको बीबीसीले जनाएको छ । मोरक्कोको मौसमसम्बन्धी निकायका अनुसार यति छोटो समयमै यति धेरै पानी परेको ३० देखि ५० वर्ष भइसकेको थियो । अतिठूलो वर्षाका कारण यस क्षेत्रमा मौसमी प्रक्रिया बदलिन सक्ने आँकलन गरिएको छ । उत्तरी, मध्य र पश्चिमी ...
Source : https://ujyaaloonline.com/story/107830/2024/10/16/sahara-desert-is-flooded-