खाद्यान्नमा आत्म निर्भर हुन जनप्रतिनिधिमार्फत बजारीकरण
सांसद ज्ञानेन्द्र शाहीको एक सञ्चारमाध्यममा अन्तरवार्ता हेरिसके पछि मलाई देशलाई खाद्यन्नमा आत्मनिर्भर बनाउन ज्ञानेन्द्र शाहीको बिचार व्यवहारिक लाग्यो। राप्रपाका युवा सांसद ज्ञानेन्द्र शाही निकै सकृय र जनप्रेमी सांसद छन्। जुम्लाबाट चुनिएका युवा सांसद पहिला भन्दा पनि अहिले जनहितमा सकृय भएर लागेका देखिन्छन्। अहिले उनले जुम्लाको अग्र्यानिक स्याउलाई बजार पुर्याउने अभियानमा देखिन्छन्। जुम्लामा कुनै पनि बिषादी […]