खुम्बु क्षेत्र पर्यटकले भरिभराउ, लुक्लामा एकैदिन झन्डै २ सय उडान
साेलुखुम्बु – विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले खुम्बु क्षेत्र भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन झन्डै दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार हिजो रामेछापको मन्थली र काठमाण्डौ बाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । हिजो एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् । पर्यटक आगमनको याम शुरू भएकाले उडान सङ्ख्या अझै बढ्ने उहाँले बताउनुभयो । यद्यपि पर्यटक लि...
Source : https://ujyaaloonline.com/story/107617/2024/10/9/khumbu-area-is-full-of-tourists