गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
कास्की ।
गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । डेंगुका कारण उपचार पश्चात् काठमाडौं घरमै आराम गरिरहेकी गौचनलाई बुधबार राति १० बजेतिर हृदय घात भएपछि अस्पताल लगिएको थियो।
काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा साढे ११ बजेतिर उनको निधन भएको हो । नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गौन म्याग्दीकी हुन् ।
छोराहरू विदेश रहेकाले उनीहरू आएपछि म्याग्दी नै ल्याएर गौचनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् ।