चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित
कर्णाली। कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना-२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ। नेपालीहरुको महान् पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभर चार हजार ३५१ प्रहरी परिचालन गरिएको हो। चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना […]