चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि चुनावमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याए पनि सरकारको नेतृत्वमा रहिरहने बताउनुभएको छ । इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टोबर २७ का लागि चुनावको घोषणा गर्नुभएको थियो । सन् १९५५ देखि जापानमा शासन गरिरहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले चुनावमा बहुमत गुमाएको छ । चुनावमा एलडीपीले एक सय ९१ सिट र सबैभन्दा ठूलो विपक्षी दल सीडीपीले एक सय ४८ सिट जितेका छन् । आफ्नो दलले बहुमत गुमाएसँगै प्रधानमन्त्री इशिबाले ‘राजनीतिक शून्यता’ हुन नद...
Source : https://ujyaaloonline.com/story/108262/2024/10/28/japan-pm-will-not-leave-the-government-immediately