जापानमा केही क्षेत्रमा अहिलेसम्मकै ठूलो वर्षा

मध्य जापानको केही क्षेत्रमा अहिलेसम्मकै ठूला रेकर्ड वर्षापछिको बाढी पहिरोमा परेर एक जनाको ज्यान गएको छ, सात जना हराइरहेका छन् । भूकम्पको पुनर्निर्माणमा काम गर्ने चार जनासहित सात जना बेपत्ता भएका र खोजी तथा उद्धारको काम भइरहेको जापानको दमकल विभागलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । सरकारले हजारौँ मानिसको उद्धार गरिरहेको छ । सरकारले वाजिमा शहरका १८ हजार र सुजुका १२ हजार जना मानिसहरूलाई होन्शु टापुको इशिकावामा शरण लिन भनेको छ । निगाटा र यामागाटा प्रान्तका अन्य १६ हजार जना बासिन्दाहरूलाई बस्ती छाड्न आग्रह...

Source : https://ujyaaloonline.com/story/106872/2024/9/21/heavy-rainfall-in-some-areas-on-record-in-japan-