जीवित देवी कुमारीबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा टीका र प्रसाद ग्रहण

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ । उहाँले इन्द्रजात्राको अन्तिम दिन गएराति वसन्तपुरमा रहेको हनुमानढोका दरबार क्षेत्र पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुभएको हो । प्रत्येक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका एवम् प्रसाद ग्रहण गर्ने परम्परा छ । राष्ट्रपति पौडेलले गणेश, कुमारी र भैरवको दर्शन गर्नुभयो । टीका एवम् प्रसाद ग्रहणपछि राष्ट्रप्रमुखले कुमारीसँग खड्ग साट्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले खड्ग साट्नुभयो । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्ष...

Source : https://ujyaaloonline.com/story/106883/2024/9/22/tika-and-prasad-reception-by-president-ramchandra