डिक्सभिल नोचमा ह्यारिस र ट्रम्पलाई बराबरी मत
अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन सुरु भएको छ । न्यू ह्याम्पशायरको डिक्सभिल नोचमा स्थानीय समयानुसार मंगलबार मध्यरातमा मतदान सुरु भएको अमेरिकी सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । कुल ६ मतदाता रहेको यो मतकेन्द्रमा करिब १० मिनेटमै मतदान सकिएको थियो ।
मतदान लगत्तै मतपरिणाम घोषणा गरिएको छ । जसमा डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले बराबर अर्थात् ३–३ मत प्रप्त गर्न सफल भएका छन ।
न्यू ह्याम्पशायरको गभर्नर पदका लागि भएको चुनावमा यहाँका ६ मतदातामध्ये पाँच जनाले रिपब्लिकन उम्मेदवारलाई मत दिएका थिए ।
अघिल्लो राष्ट्रपति निर्वाचनमा यहाँका पाँच मतदाताले जो बाइडेनलाई मत दिएका थिए भने त्यसअघिको निर्वाचनमा सात मतदाता रहेकोमा चार जनाले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई मत दिएका थिए ।
सबैभन्दा पहिला मतदान हुने भएकाले यहाँ पत्रकारहरू पनि समाचार सङ्कलनका लागि ठुलो सङ्ख्यामा पुग्ने गर्दछन् । यो मत केन्द्रको मत निर्णायक नहुने भए पनि कतिपयले यसलाई पूर्व सङ्केतका रूपमा चाख मानेर हेर्ने गरेका छन ।
The post डिक्सभिल नोचमा ह्यारिस र ट्रम्पलाई बराबरी मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103240/