तनहुँ जलविद्युत् आयोजनाले दशैँमा पनि कामलाई निरन्तरता दियो
तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दशैँमा पनि कामलाई निरन्तरता दिएको छ । निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वका समयमा पनि नरोकिएको आयोजनाले जनाएको छ । आयोजनाका तीनवटै ‘प्याकेज’का काम दशैँमा निरन्तर सञ्चालन भइरहेको र अहिले २२ चिनियाँ, दुई सय जना नेपाली प्राविधिक तथा कामदारसहितले काम गरिरहेका तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । ‘निर्धारित समयमा पूरा गर्न तीनै प्याकेजअन्तर्गतका काम...
Source : https://ujyaaloonline.com/story/107706/2024/10/12/tanahunhydropower-project-continuework-evendashain